काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै


प्रशासन संवाददाता

७ मंसिर २०७५, शुक्रबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए। ‘महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ’, उनले भने ।

महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि उक्त बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौंमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो ।

बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस