२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलाको मालिकार्जुनमा बस दुर्घटना, एकको मृत्यु अठार घाइते

अ+ अ-

दार्चुला । दार्चुलाको मालिकार्जुनमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी उत्तराखण्ड भारत अस्कोटका ४५ वर्षीय अनिल पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेहरुमा लेकम गाउँपालिका–४ खरकडाका २८ वर्षीया लक्ष्मी कुँवर, २५ वर्षीय दौलत कुँवर, २५ वर्षीया लक्ष्मी कँवर, मालिकार्जुन गाउँपालिका–८ का १५ वर्षीय भुपेन्द्रसिंह धामी, २८ वर्षीय गणेशसिह धामी, लेकम गाउँपालिका–४ का ३३ वर्षीय रामसिंह बस्नेत, जानकी बस्नेत, लेकम–५ का ३२ वर्षीय नरेश बोहरा, मालिकार्जुन–८ का नगेन्द्र पन्त, १३ वर्षीय लक्ष्मण पन्त, ३५ वर्षीय गोपालसिंह धामी, २४ वर्षीय चन्द्र पन्त, अपी हिमाल गाउँपालिका–६ का २५ वर्षीय मङ्गल महता, मालिकार्जुन–८ का रमेश धामी, ३० वर्षीय हिरेन्द्र धामी र मृतक अनिल पालकी श्रीमती रहेहको प्रहरीले जनाएको छ।

बस सडकबाट ३०० मिटर तल खसेको थियो । बसमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । घाइतेहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । गए राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो । घटनाको पूर्ण विवरण आउन सकेको छैन

घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।