२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो जीतको खोजीमा च्यासल र एनआरटी

अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो सहभागिता जनाएको च्यासल युथ क्लबले दुई चरणका खेलहरु समाप्त हुँदासम्म जीत निकाल्न सकेको छैन ।

नेपाली युवा स्ट्राइकर विमल घर्ती मगरको अनुपस्थितिमा च्यासललाई झनै टाउको दुखाइको विषय बनेको छ । ट्रायलका लागि बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको सम्झौता दुई दिनअघि मात्र रद्द गरेका छन् । लिगमा दोस्रो चरणको खेल सकिँदा एक हार तथा एक बराबरीका साथ एक अङ्कसहित च्यासल लिगको नवौँ स्थानमा छ । पहिलो खेलमा मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रोमा त्रिभुवन आर्मीसँग १–० ले पराजित भएको थियो ।

त्यस्तै पुरानो क्लब न्यूरोड टोली एनआरटीले पनि जारी लिगमा जीत निकाल्न सकेको छैन । उद्घाटन खेलमा त्रिभुवन आर्मीसँग अङ्क बाँडेको एनआरटी दोस्रो खेलमा मनाङ–मस्र्याङ्दीसँग पराजित भएको थियो । एनआरटी एक अङ्कका साथ लिग तालिकाको १०औँ स्थानमा छ । एन्फा मैदानमा आज हुने तेस्रो चरणको पहिलो खेलमा यी दुवै टोली पहिलो जीतको खोजीमा छन् ।

राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको च्यासललाई युवा खेलाडीको बाहुल्यता रहेको एनआरटीले चुनौती दिनेछ । राष्ट्रिय टोलीमा हेमन्त थापा मगर, डिफेण्डर देवेन्द्र तामाङसहित भर्खरै जापानबाट आएका सन्तोष साहुखलको आगमनले च्यासल बलियो देखिएको छ । च्यासलका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले आज आफ्नो टीमले तीन अङ्कका लागि एनआरटीसँग प्रतिस्पर्धा गर्ने बताए । यता उमेर समूहका खेलाडी समावेश गर्दै टोली तयार गरेको एनआरटीले शुरुआती खेलमै बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गर्दै मुख्य प्रशिक्षक महेश्वर मुल्मीले आजको खेलमा उत्कृष्ट नजिता निकाल्ने दाबी गरे । राष्ट्रिय टोलीको समेत लामो समय नेतृत्व गरेका मुल्मी अनुभवी प्रशिक्षकमा पर्छन् ।

आज शुरु हुने तेस्रो चरणको खेलहरु मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणका खेल सकिँदासम्म शत्प्रतिशत नतिजा निकाल्दै थ्री स्टार शीर्ष स्थानमा छ भने मनाङ दोस्रो तथा सङ्कटा क्लब अङ्क तालिकाको तेस्रो स्थानमा छ । तीनै टोलीको समान ६ अङ्क भए पनि गोल अन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ । सोही मैदानमा आजै हुने दोस्रो खेलमा लिगको उपाधि दाबेदारका रुपमा हेरिएका यी दुई टोली थ्री स्टार र मनाङ–मस्र्याङ्दी आमनेसामने हुनेछन् । रासस

प्रतिक्रिया दिनुहोस