रोजगारी सृजनाबाटै गरीबी घट्छ : अङ्कट्याड « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रोजगारी सृजनाबाटै गरीबी घट्छ : अङ्कट्याड


५ मंसिर २०७५, बुधबार


काठमाडौं । विश्वका निर्धनतम देशले रोजगारीका अवसर सृजना गर्ने गतिशील व्यापार एवं उद्यमशीलताबाट मात्र गरिबीको अन्त्य गर्नसक्ने पछिल्लो एउटा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलन (अङ्कट्याड) ले  विश्वभर एकैपटक सार्वजनिक गरेको अल्पविकासति देशहरूसम्बन्धी वार्षिक प्रतिवेदनमा गरिबी घटाउने एक मात्र औजार उद्यमशीलता भएको जनाइएको छ ।

‘अल्पविकसित देश २०१८ ः संरचनात्मक रुपान्तरणका लागि उद्यमशीलता’ प्रतिवेदनले अफगानिस्तान र जाम्बियाजस्ता संसारका अति सुविधाविहीन देशले गरिबी अन्त्यका लागि गतिशील उद्यम र उद्योग सञ्चालन गर्नुपर्ने र त्यसका निम्ति सरकारले पनि नीतिगत व्यवस्था गरी त्यसलाई कार्यान्वयन गर्नैपर्नेमा जोड दिएको छ ।

व्यापार ः व्यवसाय तथा रोजगारीका अवसर सृजनाबाट मात्रै विश्वका ४७ वटा अल्पविकसित देशले गरिबीलाई घटाउन सक्ने निष्कर्ष प्रतिवेदनको छ । प्रतिवेदनमा केही एशियाली, सबसाहारा अफ्रिका र धेरै टापुदेश अल्पविकसित ती ४७ देशलाई सुविधाको सूचीमा राखेर व्यापार तथा जलवायु परिवर्तनका असरबाट जोगाउन मद्दत गर्नुपर्नेमा जोड दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस