पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न प्रधानमन्त्री कार्यालयको रोक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न प्रधानमन्त्री कार्यालयको रोक


प्रशासन विशेष ब्युरो

४ मंसिर २०७५, मंगलबार


पप्पु कन्स्ट्रक्सन

काठमाडौँ । पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलले मंगलबार एक सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुङ्गो नलागेसम्म टेन्डर हाल्न रोक लगाएको हो।

बाँकेको सिक्टा सिँचाइ आयोजनाले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न कात्तिक २६ गते पत्र पठाउँदै निज निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी भई देश विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमासमेत नराम्रो असर पर्न सक्ने सम्भावना देखिएकाले पप्पुलाई नयाँ टेन्डर हाल्न रोक लगाइएको कार्यालयले जनाएको छ।

आयोजनाका ठेक्का हात पार्ने तर समयमा काम नसक्ने तथा निर्माण सम्पन्न नहुँदै भत्किने उजुरी बढेसँगै पप्पु कन्स्ट्रक्सन विवादित बनेको छ भने त्यसका मालिक हरिनारायण प्रसाद रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ।

पप्पु कन्स्ट्रक्सन

Tags :
प्रतिक्रिया दिनुहोस