गृहमन्त्री बादल र फ्रान्सेली राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री बादल र फ्रान्सेली राजदूतबीच भेटवार्ता


४ मंसिर २०७५, मंगलबार


काठमाडौ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्तगर्दै आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापाले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिन राजदूत लेजेलाई आग्रह गरे ।

उनले संयुक्त राष्ट्रसंघिय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदुतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि आवश्यक सामाग्रीमा सहयोगका लागि राजदूतसँग आग्रह गरे ।

 राजदूत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समुह निर्माण भएको बताउँदै यसले दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु नेपाल भ्रमणमा आउने गरेको र उनिहरुको सुरक्षाबारे चासो व्यक्त गर्दै राजदूत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफुहरु सन्तुष्ट रहेको बताए ।

विपद् व्यवस्थापन लगायतका अन्यक्षेत्रमा नेपाललाई सहयोग गर्न आफुहरु तयार रहेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस