फिजीमा ६ दशमलव ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फिजीमा ६ दशमलव ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प


प्रशासन संवाददाता

३ मंसिर २०७५, सोमबार


लम्बासा, फिजी । टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ ।

यो भूकम्प ६.७ म्याग्निच्युट मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । उक्त भूकम्प स्थानीय समयानुसार आइतबार राति ८ः२५ बजे गएको थियो ।

यस भूकम्पका कारण मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन । हालसम्म सुनामीको चेतावनी समेत दिइएको छैन । गत सेप्टेम्बरमा पनि फिजीमा ६.२ म्याग्निच्युटको भूकम्प गएको थियो । फिजीमा बारम्बार भूकम्प जाने र ज्वालामुखीले सताउने गरेको छ ।रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस