२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्र वितरण शुरु

अ+ अ-

काठमाडौं । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ ।

आगामी तीन वर्षभित्रमा देशभर वितरण गरी सक्ने लक्ष्यसहित थालनी गर्न लागिएको ‘सेक्युरिटी चिप्स’सहितको बहुप्रतीक्षित राष्ट्रिय परिचयपत्र पाँचथरबाट वितरण गरिँदैछ ।

पाँचथरको शहिद मञ्चमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाद्धारा १०१ वर्षीय वृद्दा भगवतीदेवी भण्डारीलाई परिचयपत्र प्रदान गरी कार्यक्रमको शुभारम्भ हुने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक शिबराज जोशीले जानकारी दिए ।

पाइलट प्रोजेक्टका रुपमा एउटा जिल्लाबाट शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमका लागि सिंहदरबारमा कार्यरत ७ हजार कर्मचारी र पाँचथरका गरी करिब ५२ हजार जनाको व्यक्तिगत विवरणहरू सङ्कलन गरिसकिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

पाँचथरमा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन शुरु भएको थियो ।

राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, मतदाता परिचय, लाईसेन्सलगायत नागरिकको परिचय खुलाउने अन्य परिचयपत्र बोक्नुपर्ने झन्झटको अन्त्य हुने अधिकारीहरूको विश्वास छ।

व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण हुने राष्ट्रिय परिचयपत्रमा उल्लेखित नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरणको सुरक्षाबारे ख्याल गर्नुपर्ने सुझाइएको छ । सम्बन्धित मान्छे बायोमेट्रिक्सका लागि सरकारी निकाय समक्ष उपस्थित हुनै पर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस