ललितपुरका मुख्य – मुख्य सडकमा अब सिसिटिभी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ललितपुरका मुख्य – मुख्य सडकमा अब सिसिटिभी


२ मंसिर २०७५, आइतबार


काठमाडौं । ललितपुर महानगरपालिकाका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडानको तयारी भएको छ ।

नगरप्रमुख चिरिबाबु महर्जनले महानगर भित्रका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी भइरहेको बताएका छन् ।

१३औं महानगरीय प्रहरी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महर्जनले अपराध नियन्त्रणका लागि सडकमा सिसिटिभी जडान गर्ने कामलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले महर्जनले सिसि क्यामेरा सडकमा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भइरहेको समेत बताए ।

यस्तै ट्राफिक बत्ती व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको उनले बताए । उनले भने, ‘राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाइट व्यवस्थापनको कामले गति लिन सकेन ।’

Tags :
प्रतिक्रिया दिनुहोस