२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेविसङ्घको वर्तमान केन्द्रीय समितिको कार्यकाल आज मङ्सिर २ गते समाप्त हुँदैछ । वि.स. २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन हुन नसकेपछि अन्योल देखिएको हो ।

काङ्ग्रेस बैठकले सहमतिमा नेविसङ्घको विधान पारित गर्ने र महाधिवेशनका लागि नेविसङ्घको वर्तमान कार्यसमितिको अवधि दुई महीना थप गर्न सक्ने प्रवक्ता शर्माले बताए । नेविसङ्घको हालको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने र सो समयमा पनि महाधिवेशन गर्न नसके स्वतः कार्यसमिति विघटन हुने प्रावधान छ ।

काङ्ग्रेस बैठकले तीन महीनाको थप अवधिलाई पाँच महीना बनाई स्वतः विघटनको सङ्घारमा पुगेको नेविसङ्घको वर्तमान कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयवधि दिनेछ । यस सम्बन्धमा पार्टीमा सहमति जुट्ने प्रवक्ता शर्माले विश्वास व्यक्त गरे । नेविसङ्घका बारेमा निर्णय लिन शनिबार बोलाइएको काङ्ग्रेस बैठकमा सहमति हुन नसकेकाले सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा नेविसङ्घका नेता कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । यसअघि संस्थापन पक्ष नेविसङ्घको वर्तमान कार्यसमितिको म्याद थपेर महाधिवेशन गर्न दिने पक्षमा थियो भने संस्थापन इतर पक्षको भने वर्तमान कार्यसमिति भङ्ग गरेर महाधिवेशनका लागि तदर्थ समिति बनाउनुपर्ने माग थियो ।

आइतबारको बैठक अघि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित निर्देशक समितिले विधान परिमार्जनलगायत विषयमा छलफल गरेको थियो । वि.सं. २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो ।

प्रतिक्रिया दिनुहोस