२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामीले तिर्ने कर हाम्रै सुविधाका लागि, द्विविधा मान्नै पर्दैन–प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्न नपर्ने बताएका छन् ।

राज्यले उपलब्ध गराउने सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि भएकाले हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएबापत कर तिर्नुपर्ने सोच हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका दिवस मनाउन लागिएको सातौँ राष्ट्रिय कर दिवसको अबसरमा एक शुभकामना सन्देश जारी गर्दै ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरूमा शुभकामना दिँदै कर दिवसले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ ।

प्रधानमन्त्रीका अनुसार आमजनताको दैनिक जीवनस्तर उकास्न वर्तमान सरकार प्रतिबद्ध छ । सरकारले राजश्व संकलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा पनि सफलता प्राप्त गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । उत्साहजनक रूपले राजश्व संकलन भइरहेको बताउँदै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको साझा संकल्प पूरा गर्ने दृढता व्यक्त गरेका छन् ।

‘चालू आर्थिक वर्षको असोज महिनासम्म राजश्व संकलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको छ । यस अवधिमा राजश्व संकलनमा झन्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ । यही अवधिमा कर संकलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व संकलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको साझा संकल्प अवश्य पूरा गरिनेछ,’ शुभकामना सन्देशमा लेखिएको छ ।

वर्षौँदेखिको राजनीतिक संघर्षको चरण पार गरेर आर्थिक विकास र रूपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धिदरलाई तीव्र र दिगो बनाउन राज्यका सबै संरचना परिचालन हुनैपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामीले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादउन्मुख समृद्ध अर्थव्यवस्थाको निर्माण गर्ने मार्गचित्र कोरिसकेका छौँ । त्यसैले हाम्रो राष्ट्रिय आकांक्षालाई मूर्त तुल्याउन आन्तरिक राजश्वको परिचालन अझ प्रभावकारी रूपमा गर्न आवश्यक छ ।’

प्रधानमन्त्रीका अनुसार आयआर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वैच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लगिएको छ । ‘तर सरकारले सुरु गरेको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने पहललाई सार्थक तुल्याउन हरेक कर्तव्यनिष्ठ नेपाली नागरिकलगायत सम्बन्धित सबैको थप क्रियाशीलता आवश्यक पर्दछ,’ प्रधानमन्त्रीको सन्देशमा लेखिएको छ ।

ओलीले भनेका छन्, ‘कर भनेको कुनै पनि वस्तु वा सेवा उपभोग गरेबापत तिर्नुपर्ने अतिरिक्त रकम हो । राज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि हो । तसर्थ हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएबापत कर तिर्नुपर्ने सोच हुन्छ ।’

प्रतिक्रिया दिनुहोस