२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन

अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा वातावरणीय कानूनका आवश्यक मापदण्ड पालना गरे/नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो ।

वातावरण निरीक्षकको टोलीले अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र, सङ्क्रमण फोहरको व्यवस्थापन, धुलो धुवाँलगायत वातावरणीय कानूनी मापदण्ड पालना गरेको सम्बन्धमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सुष्मा कोइराला मेमोरियल अस्पतालले मात्र त्यस्ता सबै मापदण्ड पूरा गरेको पाइएको विभागका उपमहानिर्देशक सफला श्रेष्ठले जानकारी दिए ।

‘अनुगमन गरिएका अस्पतालमध्ये सुष्मा मेमोरियल र बिएण्डबी अस्पतालले मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको देखियो’, उनले भने । नरदेवीस्थित आयुर्वेद चिकित्सालयले त अस्पतालबाट निस्कने सङ्क्रमण फोहर नछुट्याइ सिधैँ नगरपालिकाको फोहरमा फाल्ने गरेको अनुगमनमा गएका वातावरण निरीक्षकले राससलाई जानकारी दिए ।

टोलीले अनुगमनका क्रममा मापदण्ड पालना नगर्ने शहीद मेमेरियल अस्पताल, विनायक, बिपी स्मृति, ग्रिन सिटी, नेपाल आँखा अस्पताल, नर्भिक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, मनमोहन मेमेरियल सामुदायिक (ठमेल), काठमाडौँ भ्याली, ओम, नोबेल, कान्तिपुर, एभरेष्ट, सशस्त्र प्रहरी बल अस्पताल, किष्ट मेडिकल कलेज, सुमेरु अस्पताल व्यवस्थापन पक्षसँग बयान लिएको उपमहानिर्देशक श्रेष्ठले बताए ।

अनुगमनका क्रममा केही सुधारका लागि मनमोहन मेमेरियल (स्वयम्भू), गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँ मोडेल, वीरेन्द्र सैनिक, नेपाल मेडिकल कलेज (जोरपाटी), अर्थोपेडिक अस्पताल, मेडिकेयर, हेल्पिङ हेन्ड्सलगायतलाई सुधारका लागि सुझाव दिइएको थियो ।

विभागले मापदण्ड पालना नगरी वातावरण प्रदूषण गर्ने अस्पताललाई शुरुमा सुझाव दिई त्यसपछि सुधारका लागि प्रतिबद्धता दिलाउने गरेको छ । त्यसको पालना गरे/नगरेको पुनः अनुगमन गरी सुधार नगर्नेलाई कारवाही गर्न मन्त्रालयलाई सिफारिश गर्ने गरेको विभागले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस