२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा आलुको उत्पादन बढ्दै

अ+ अ-

नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ ।

गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखा प्रमुख जीवनकुमार केसीको भनाइ छ ।

जिल्लाको हिरमिनिया, सीतापुर कोहलपुर, नौबस्तालगायतको क्षेत्रलाई आलु उत्पादन विशेष क्षेत्रका रुपमा विकास गरिएको छ । बैजनाथको टिटिहिरियामा स्थानीय ‘थारु जात’ को आलुको पनि राम्रो उत्पादन हुँदै आएको छ । यो क्षेत्रमा किसानले आलुखेती व्यावसायिक रुपमा गर्दै आएका डुडुवा गाउँपालिका हिरमिनियाका किसान इफरादअलि दर्जीले बताए ।

मौसममा उत्पादन भएको आलु प्रयोग बाह्रै महीना गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा आलुका लागि शीतभण्डारको निर्माण गरिएको । जिल्लाको बैजनाथ गाउँपालिकाको पेडारीमा अर्को शीतभण्डार निर्माण भइरहेको छ । बाँकेमा मागभन्दा कम आलु उत्पादन हुने गरेकाले भारतबाट समेत आलु आयात हुने गरेको आलुका थोक व्यापारी जङ्गली कुम्हारले जानकारी दिए । जिल्लामा दुई हजार ८५० हेक्टरमा आलु खेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस