२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घर भत्काएर स्थानीयले नै सडक फराकिलो बनाए

अ+ अ-

म्याग्दी । धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफैँ घर भत्काएर सडक फराकिलो बनाएका छन् ।

मिलनचोकदेखि लेकफाँट र शालीजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करीब ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाउन सहयोग गरेको स्थानीयवासी रामकृष्ण आचार्यले बताए ।

साढे दुई मिटर मात्र फराकिलो र साँघुरो सडकलाई संरचना हटाएर हाल आठ मिटरको फराकिलो बनाइएको छ । पहिला दुईतर्फबाट गाडी आउँदा जाम हुने सडक अहिले दुईतर्फ सहज रूपमा सवारी आवतजावत गर्न सक्ने र धुलो पनि नउड्ने भएको स्थानीयवासी बाबुराम कार्कीले बताए ।

सडक ढलान र नाली बनाउन पाँच÷पाँच दिनका दरले श्रमदानसमेत गरेको कार्कीले बताए। गाउँपालिकाले रु २० लाख विनियोजन गरेको २०० मिटर सडक ढलान गर्ने र नाली बनाउने योजना पूरा गर्न आर्थिक सङ्कलनको तयारी भएको स्थानीय देवबहादुर पुनको भनाइ छ ।

सडकको दुवैतर्फ नाली बनाइएको छ । ७० प्रतिशतभन्दा बढी काम सकिएको छ । उपभोक्ताले रु दुई लाख ३७ हजार ७८० बराबरको श्रमदान गर्नुपर्ने लागत अनुमानमा उल्लेख छ । सडक फराकिलो बनाएपछि मिलनचोकको सुन्दरता नै फेरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष लालवीर पुनले २०७५ असोज ५ गते सम्झौता भएको योजना उपभोक्ताको सहयोग र सक्रियताका कारण लक्ष्यअघि नै सकिने बताए । २०७६ वैशाख १५ गतेभित्र योजना सम्पन्न गर्ने गाउँपालिकासँग सम्झौता भएको छ ।

जनसहभागिता र समुदायको सहयोगका कारण मिलनचोकको सडक ढलान योजना नमूना र उदाहरणीय भएको वडाध्यक्ष टुङ्गनाथ शर्माले बताए । फराकिलो बनाउने, नाली र ढलान गर्ने काम सकिएपछि यसलाई न्यूरोड नामाकरण गर्ने मिलनचोकवासीको तयारी छ ।