ट्रम्पद्वारा महान्यायाधिवक्ता सेसन्स बर्खास्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ट्रम्पद्वारा महान्यायाधिवक्ता सेसन्स बर्खास्त


२२ कार्तिक २०७५, बिहिबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन्। बुधबार ट्विट गर्दै ट्रम्पले उनलाई बर्खास्त गरेको जानकारी दिएका हुन्।

ट्विट मार्फत राष्ट्रपति ट्रम्पले सेसन्सले पुर्याएका सेवाका लागि धन्यवाद व्यक्त गर्दै उनको सफलताको कामना समेत गरेका छन्।

बर्खास्त भएका जेफरसनले आफुले ट्रम्पको आग्रहमा राजिनामा दिएको उल्लेख गरेका छन्। ट्रम्पलाई धन्यवाद दिँदै सेसन्सले भनेका छन् सबैभन्दा महत्त्वपूर्ण कुरा म महान्यायाधिवक्ता पदमा रहँदा हामीले विधिको शासन पुनर्स्थापित गर्न सक्यौँ र त्यसलाई कायम गर्न सक्यौँ।

अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियामा कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक पटक आलोचना गर्दै आएका थिए।

उनले सो पदमा म्याथ्यु ह्वीटेकरलाई नियुक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस