२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा गएका नेपालीको शेयर बजारमा रुचि

अ+ अ-

बुटवल । वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ ।

खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् रु ५० हजारदेखि रु पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन् । ‘उनीहरुले विदेशबाट नै भन्छन् र हामीले खरीद गरिदिन्छौँ’ दक्षिणकाली इन्भेष्टमेण्ट बुटवलका शङ्कर भण्डारीले भने ।

पूँजी बजार अनलाइन प्रणालीमा गएपछि सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका लगानीकर्ता खुशी देखिएको उल्लेख गर्दै उनले आफ्नो कार्यालयबाट सबैभन्दा बढी कोरियाका रहेको बताए । अघिल्लो साता सो कार्यालयबाट कूल रु ६० लाख बराबरको कारोवार भएको छ ।

एशियन सेक्युरिटिज प्रालि ९२६० नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले भाइवरको प्रयोगमार्फत शेयरको माग गर्ने गरेको जानकारी दिँदै ३ देखि रु ५ लाख बराबरको शेयर खरीदको माग भएको छ भने। दुवही, साउदी अरब र कोरियाबाट समेत शेयर खरीद तथा बिक्रीका लागि आउने गरेको उल्लेख गर्दै रुपन्देही, पाल्पा र गुल्मीका वैदेशिक रोजगारीमा गएका श्रमिक शेयर बजारप्रति आकर्षित भएको उनको भनाइ थियो ।

सो सेक्युरिटिज प्रालिबाट अघिल्लो साता कूल रु ५७ लाख ५१ हजार बराबरको कारोवार भएको थियो । आर्यनतारा इन्भेष्टमेण्ट प्रालि ९५७० नं दलाल कार्यालय बुटवलका टेकराज भट्टराईले कोरियाबाट चार जनाले शेयर खरीद तथा बिक्री गरेको जानकारी दिँदै अनलाइनबाट नै भुक्तानी हुने गरेको बताए ।’

वैदेशिक रोजगारीमा गएकाले श्रीमती वा परिवारको सदस्यको नाममा शेयर खरीद बिक्री गरेका र चेक पनि बोकेर आएका ‘, भट्टराईले भने । उक्त कार्यालयबाट कूल रु १ करोड २६ लाख १३ हजार ३८० बराबरको कारोवार भएको थियो । लगानीकर्ताको बैंकसम्बन्धी शेयर सबैभन्दा बढी रोजाइमा परेको छ । यी बाहेक रुपन्देहीमा पाँच वटा शेयर दलाल कार्यालयले शेयरको खरीद तथा बिक्री गर्ने गर्छन् ।

बुटवलका लगानीकर्तामा खुशियाली

शेयर बजार अनलाइन प्रणालीमा गएपछि बुटवलका लगानीकर्ता खुशी देखिएका छन् । उनीहरुले अनलाइन प्रणालीमा गएपछि बजार बढ्ने विश्वास व्यक्त गर्दै प्रविधिलाई सहज र सरल बनाउन जोड दिएका छन् । सैनामैना नगरपालिका–३ का विष्णु पन्थीले लामो समयदेखिको प्रयास सफल भएको उल्लेख गर्दै लगानीकर्तालाई अनलाइन प्रणालीले उत्साहित बनाएको बताए ।

उनले शेयर बजारलाई प्रविधिमैत्री बनाउनु सबै लगानीकर्तामा आशाको सञ्चार भएको टीप्पणी गर्दै यसको प्रभाव बजारमा देखिनुपर्ने तर्क गरे ।एशियन सेक्युरिटिज प्रालि ९२६० नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजार अनलाइन प्रणालीमा गए पनि मङ्गलबार कारोवार गर्न सहज नभएको उल्लेख गर्दै तयारी पूरा गरेर मात्रै अनलाइन प्रणालीमा जाँदा लगानीकर्तालाई झण्झट नहुने बताए ।

उनले अनलाइनका विषयमा धेरै लगानीकर्ताको फोन आएको जानकारी दिँदै अब शेयर बजारका लागि यो सुखद् र उत्साहित विषय भएको बताए ।

 रासस

प्रतिक्रिया दिनुहोस