लागुऔषधसहित दुई जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लागुऔषधसहित दुई जना पक्राउ


प्रशासन संवाददाता

२० कार्तिक २०७५, मंगलबार


पर्वत ।  प्रहरीले लागुऔषधसहित दुई जनालाई सोमबार सदरमुकाम कुश्माबजारबाट पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषधसहित कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न १२२ थान लागुऔषध र चरेस बरामद गरिएको छ ।

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद रु १६ हजार बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस