फरार चोर पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फरार चोर पक्राउ


१९ कार्तिक २०७५, सोमबार


पक्राउ

मेलम्ची । अदालतले एक महीना कैद र दुई लाख २९ हजार जरिवाना तोकेका फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साविक सर्स्युखर्क गाविस वडा नं ६ का अभिषेक तामाङ हुन् । चोरी र अन्य मुद्दाका दोषी तामाङलाई अदालतले गत कात्तिक १२ गते फैसला गरेको थियो ।

उनलाई मेलम्ची नगरपालिका वडा नं १२, बाहुनीपाटी बजारमा पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार शाखा चौतारामा पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस