दुईलाख तीस हजार अवैध भारतीय रुपैयाँसहित एक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुईलाख तीस हजार अवैध भारतीय रुपैयाँसहित एक पक्राउ


१९ कार्तिक २०७५, सोमबार


काठमाडौं । दुईलाख तीसहजार भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीले आइतबार साँझ ५ बजे पर्साको वीरगञ्ज महानगरपालिका – ८ बाट अवैध भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको जरनाथपुर – ५ घरभई वीरगञ्ज महानगरपलिका – १३ राधेमाई बस्ने ४५ वर्षीय विजय साह कलवार रहेका छन् ।

प्रहरीले उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । उनको साथबाट भारतीय मुद्रा दुई हजार दरको नोट एक सय थान र पाँचसय दरको नोट साठ्ठी थान गरी दुईलाख तीस हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका कलवारलाई बरामद गरिएको भारतीय रुपैयाँसहित आवश्यक अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस