२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वारि सुनसान—पारि गुलजार

अ+ अ-

वीरगञ्ज । हेटौँडा उपमहानगरपालिका–११ बस्ने हरि घिमिरे तिहार तथा छठ पर्वलाई लक्षित गरी किनमेलको लागि सीमावर्ती भारतीय बजार रक्सौल आएका छन् । भारतीय बजारमा कपडालगायत दैनिक उपभोग्यका सामान सस्तोमा पाइने भएकाले हेटौँडाबाट सामान किन्न यहाँ आएको उनले बताए।

हेटौँडाभन्दा भारतीय बजारमा ३० देखि ४० प्रतिशत सस्तोमा सामान पाउने भएकोले किनमेलको लागि रक्सौल आएको हो, घिमिरेले भने, “यस वर्षको पर्व तिहार खर्चिलो भएकाले सस्तो सामान किन्न भारतीय बजार रक्सौल आएका हौँ ।

स्थानीय नेपाली बजारमा लत्ता, कपडालगायतका दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिएपछि कम आम्दानी भएका नेपाली उपभोक्ताको रोजाइँमा अहिले सीमावर्ती बजार रक्सौल परेको छ । ९० प्रतिशत नेपालीको रोजाइँमा भारतीय बजार रक्सौल परेपछि नेपाली बजार सुनसान देखिन्छ, भने भारतीय बजार गुलजार हुँदै गएको छ ।

सीमावर्ती बजार रक्सौलमा नेपाली उपभोक्ताको भीड लाग्न थालेपछि त्यहाँको दैनिक व्यापार रु एक करोडको हाराहारीमा हुने गरेको टेक्सटायल चेम्बर अफ कमर्स कार्यालय रक्सौलले जनाएको छ । नेपाली उपभोक्ताको पहिलो रोजाइँ कपडा हो भने दैनिक खाद्यवस्तु दोस्रो रोजाइँमा पर्दछन्–कमर्सका अध्यक्ष अरुणकुमार गुप्ताले भने, “नेपाली उपभोक्ता नआएको भए भारतीय बजारको व्यापार ओरालो लाग्ने थियो ।”

वीरगञ्जका बजारमा कपडालगायत दैनिक उपभोग्यको सामानमा व्यापारीले कृत्रिम मूल्य सिर्जना गरी महङ्गोमा सामान बेच्ने गरेकाले सस्तो सामान किन्न भारतीय बजार रक्सौल आएको छु, रक्सौलमा भेटिएकी सुधा कर्णले राससलाई भने, “यहाँका व्यापारीले मृदुभाषा बोल्ने तथा व्यवहार राम्रो भएकाले मेरो रोजाइँमा भारतीय बजार रक्सौल परेको छ ।”

रक्सौल बजारमा करीब रु दुई सयको हारहारीमा कपडा पसल छन् भने दैनिक उपभोग्यका सामान बेच्ने किराना पसल ५० जति रहेको छ । ९० प्रतिशत नेपाली उपभोक्ताको कारण यहाँको दैनिक व्यापार रु एक करोडको हाराहारीमा हुने गरेको र नेपाली उपभोक्ता नभएको भए यहाँको व्यापार घाटा उच्च हुने थियो । रक्सौलका व्यापारी श्याम लामाको भनाइ छ ।

पूर्वी चम्पारण जिल्लाअन्तर्गत पर्ने रक्सौल बजारमा हिन्दूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी भारतीय व्यापारीले ग्राहक तान्न असल व्यवहार, मीठो बोली तथा विभिन्न किसिमको स्क्रिम राख्ने गरेकाले पनि नेपाली ग्राहक रक्सौल बजारतर्फ आकर्षित हुने गरेका छन् ।

भारतीय बजार रक्सौलबाट नेपाली उपभोक्ता सामान खरीद गरी नेपाल प्रवेश गर्दा वीरगञ्ज भन्सार क्षेत्रमा रहेका सुरक्षाकर्मी जथाभावी रकम असुल्ने गरेको गुनासो उनीहरुको रहेको छ । नेपालभन्दा भारतमा सस्तोमा सामान पाउने भएकाले हेटौँडा, नारायणघाटलगायत पहाडी जिल्लाबाट उपभोक्ता सामान खरीद गर्न भारतीय बजार जाने गरेकाले नेपाली बजार सुख्न थालेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केडियाको भनाइ छ ।

नेपाली उपभोक्ता अन्य कामको सिलसिलामा रक्सौल बजार जाँदा किनमेल गर्ने भएकाले पनि भारतीय बजार गुलजार हुँदै गएको छ, भने नेपाली बजार ग्राहकको अभावमा सुनसान देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस