२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काङ्ग्रेस मुख्यसचिव पौडेलविरुद्ध पुनरावेदन दर्ता

अ+ अ-

काठमाडौं । आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन्।

सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराएको पुनरावेदनमा मागबमोजिमको सूचना उपलब्ध नगराउने काङ्ग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरका कार्यालय प्रमुख मुख्यसचिव पौडेललाई नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम उपयुक्त आदेश गराइपाऊँ भन्दै पुनरावेदन दर्ता गरेको आयोगले जनाएको छ ।

पुनरावेदनमा सङ्ग्रौलाले मुख्यसचिव पौडेलसमक्ष वि.सं. २०७५ असोज १७ गते सूचना पाऊँ भनी निवेदन दर्ता गराई पटक–पटक सूचना माग गर्न जाँदा बेवास्ता गरी सूचना नदिएको र सूचना नदिनुपर्ने लिखित कारण पनि नदिएकाले नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम पुनरावेदन पेश गरेको बताए ।

सूचनाको हकसम्बन्धी ऐनअनुसार कुनै कार्यालय प्रमुखले सूचना उपलब्ध नगराएमा, सूचना दिन नमिल्ने स्पष्ट कारण पनि नदिएमा त्यस्ता कार्यालय प्रमुखविरुद्ध आयोगमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।

पुनरावेदनको कारवाही र किनारा गर्दा आयोगले सम्बन्धित कार्यालय प्रमुख वा सूचना अधिकारीलाई आयोगमा उपस्थित गराई बयान गराउन, कुनै लिखत पेश गर्न लगाउनसक्ने प्रावधान छ ।

सङ्ग्रौलाले नेपाली काङ्ग्रेसले वि.सं. २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनको सन्दर्भमा गठन गरेको संसदीय समितिको गठन मिति, सङ्ख्या र गठन गर्दा लिएको आधारको प्रमाणी प्रतिलिपि, काङ्ग्रेस संसदीय समितिको बैठक हालसम्म कुन–कुन मितिमा कति पटक बसेको थियो र के–के निर्णय भएको थियो सो माइन्युटको प्रमाणित प्रतिलिपि काङ्ग्रेस संसदीय समितिले उम्मेदवार छनोट गर्दा लिएका आधार, अपनाइका प्रक्रियासहितको उम्मेदवारको नामावली माग गरेका थिए।

सङ्ग्रौलालले भने, “पार्टीको शुद्धीकरण र सुदृढीकरणका लागि पार्टीका सबै निर्णय पारदर्शी हुनुपर्ने भन्दै आफूले मुख्यसचिव पौडेलसमक्ष सूचना माग गरे पनि उनले सूचना उपलब्ध गराएनन, त्यसैले मैले पुनरावेदन गरेको हुँ ।”
रासस

प्रतिक्रिया दिनुहोस