पदमुलक र दर्जामुलक निजामती सेवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पदमुलक र दर्जामुलक निजामती सेवा


केदार खतिवडा

१२ कार्तिक २०७५, सोमबार


निजामती सेवा

निजामती सेवा
सार्वजनिक प्रशासन संचालन गर्ने, निश्चित कानुनी आधारमा गठित निजामती कर्मचारीहरूको सेवा नै निजामती सेवा हो । निजामती सेवा राज्य कोषबाट स्थायीरूपमा तलब, भत्ता प्राप्त गर्ने दक्ष र व्यवसायिक कर्मचारीहरूको सेवा हो, जो गैरसैनिक प्रकृतिको हुन्छ । यो निरन्तररूपमा संचालन हुने हुँदा यसलाई स्थायी सरकार पनि भनिन्छ । निजामती सेवा सरकार र जनताबीचको सम्बन्ध सेतुको रूपमा कार्य गर्छ । निजामती सेवा विशेष गरी पदमुलक र दर्जामुलक गरी दुई प्रकारको हुन्छ ।

पदमुलक निजामती सेवा
पदमुलक निजामती सेवालाई कार्यमुलक निजामती सेवा पनि भनिन्छ । यसमा पदले गर्नुपर्ने कार्यलाई आधार मानेर कर्मचारीको पद वर्गीकरण गरिन्छ । कर्मचारीको दर्जा र उसले पाउने तलब, भत्ता तथा अन्य सुविधा कार्यसम्पादनमा आधारित हुन्छ । अमेरिका, क्यानडा र यि मुलुकबाट प्रभावित मुलुकमा पदमुलक निजामती सेवा अवलम्बन गरिएको छ ।

पदमुलक निजामती सेवाको विशेषता

  • कर्मचारीलाई उसको कामको आधारमा पहिचान गरिने हुँदा कार्यविवरण अनिवार्य हुन्छ,
  • वृत्ति प्रणाली खुला हुन्छ,
  • कार्यसम्पादनमा आधारित तलब, भत्ता र सुविधा हुन्छ,
  • भर्ना प्रक्रियामा उमेरको हद लागू हुँदैन,

दर्जामुलक निजामती सेवा
दर्जाको आधारमा कर्मचारीको पद वर्गीकरण गरिने निजामती सेवालाई दर्जामुलक निजामती सेवा भनिन्छ । यस्तो निजामती सेवामा कर्मचारीलाई उसले पाउने दर्जाको आधारमा पहिचान गरिन्छ । कार्यसम्पादनको आधारमा नभई तलब, भत्ता तथा अन्य सुविधा पनि कर्मचारीको दर्जा वा उसको श्रेणीको आधारमा निर्धारण हुन्छ । बेलायत र यसबाट प्रभावित मुलुकहरूमा दर्जामुलक निजामती सेवा अवलम्बन गरिएको छ । नेपालमा दर्जामुलक निजामती सेवा लागू छ ।

दर्जामुलक निजामती सेवाको विशेषता

  • कर्मचारीलाई उसको दर्जा वा श्रेणीको आधारमा पहिचान गरिने हुँदा कार्यविवरण अनिवार्य हुँदैन,
  • भर्नामा उमेर हद निर्धारण गरिएको हुन्छ
  • बन्द वृत्ति प्रणालीमा जोड दिइन्छ,
  • कर्मचारीहरूबीच विभेदपूर्ण व्यवहार हुन्छ ।

प्रतिक्रिया दिनुहोस