पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटः कर्मचारीलाई बर्खास्त गर्ने हो, बढुवा गर्ने हैन ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटः कर्मचारीलाई बर्खास्त गर्ने हो, बढुवा गर्ने हैन !


प्रशासन विशेष ब्युरो

१० कार्तिक २०७५, शनिबार


कर्मचारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बढुवा दिने नभई बर्खास्त गर्नुपर्ने बताएका छन् ।

सरकारले अध्यादेशबाट कर्मचारी समायोजन अध्यादेश २०७५ ल्याउने तयारी गरिरहँदा पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीट गर्दै भनेका छन्– ‘कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर ? राज्यकालागि कर्मचारी कि कर्मचारीकालागि राज्य ? संघीय पुनर्संरचना भैसकेपछि खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने हो बढुवा गर्ने हैन ।’

भट्टराईले यही मौकामा पुराना हटाएर नयाँ युवालाई भर्ना गर्ने उल्लेख गर्दै लेखेका छन् -‘दलीय ट्रेड यूनियन खारेज गर्ने हो, नत्र देश बन्दैन ।’

हेर्नुहोस् ट्वीट

प्रतिक्रिया दिनुहोस