कर्णाली प्रदेशसभा सञ्चालनमा सहमति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णाली प्रदेशसभा सञ्चालनमा सहमति


प्रशासन विशेष ब्युरो

१० कार्तिक २०७५, शनिबार


कर्णाली प्रदेशसभा

सुर्खेत । प्रतिपक्षी कांग्रेसको अवरोधका कारण स्थगित कर्णाली प्रदेशसभाको बैठक आइतबारदेखि सञ्चालन हुने भएको छ ।

प्रदेशसभा सचिवालयमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र प्रतिपक्षी दलबीच बैठक सञ्चालनका विषयमा सहमति जुटेको हो ।

प्रदेशसभाको असोज २३ र २६ गतेको बैठकमा कांग्रेसले चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै अवरोध गरेको थियो । संसद् बैठक भोलि आइतबार दिउँसो १ बजे बस्नेछ ।

सभामुख राजबहादुर शाहीले भोलिको बैठकमा सरकारले संसद्लाई रातो किताब उपलब्ध गराउने, प्रदेशसभा र सरकारका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधयेक ल्याउन भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीले धारणा राख्ने कार्यसूची तय भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस