काठमाडौं । ट्रकको ठक्करले दुई जनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा शुक्रबार ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गोखाको बुंकोट घर भइ तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा डेरा गरी बस्ने अन्दाजी ६० वर्षीया तिलकुमारी तिवारी र उनका ४ वर्षीय नाति आर्जित तिवारी रहेका छन् । उनी दुवैजनालाई लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घायते भएका थिए ।
घाइते भएका दुबैको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।