निर्वाचन आयोगको इजलास शुरु, नेकपा नामबारे निर्णय गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगको इजलास शुरु, नेकपा नामबारे निर्णय गर्ने


९ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । नेकपाको नाम विवादबारे निर्णय गर्न नर्वाचन आयोगको इजलास शुरु भएको छ ।

कट्टेल नेतृत्वको नेकपाले आफुहरुको नाम जुधेको भन्दै निर्वाचन आयोगमा नाम सच्याउन उजुरी दिएको थियो । उक्त उजुरीमाथि आजको इजलासमा निर्णय गरिने जनाइएको छ ।

गत बुधवार निर्वाचन आयोगमा आयुक्तहरुसहित सत्तारुढ नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिहरुको इजलास बसेको थियो ।

सत्तारुढ नेकपाले भने आफूहरुले नेपाल कम्युनिस्ट पार्टीसँगै कोष्टभित्र (ने क पा) पनि राखेकाले नाम नजुध्ने दावी गर्दै आएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखिएको थियो । तर निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी नामको छुट्टै पार्टी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस