२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँ खोजिँदै

अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ ।

ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्यसचिव केशव विष्टले भक्तपुरका सम्भावित तीन स्थानमा स्थलगत निरीक्षण गरी ठाउँ खोलेका हुन् ।

सूर्यविनायक नगरपालिका–८ को सिपाडोलको तौडोल, सूनपा–४ को चित्रपुर तथा सूनपा–९ पलासे महत गाउँको डोलमा टोलीले स्थलगत अध्ययन गरेको हो ।

सूर्यविनायक नगरपालिका–१० र चाँगुनारायण नगरपालिका–९ कै भकारीमुलमा विगत लामो समयदेखि मन्त्रालयले अध्ययन तथा योजना बनाई प्राविधिक टोली खटाए पनि नेपाल मजदूर किसान पार्टीको विरोधका कारण अन्य स्थानको खोजी गरिएको हो ।

मन्त्री विश्वकर्माले तीन स्थानमा प्राविधक टोली खटाई उत्तम स्थानको छनोट गरी तत्काल निर्माण कार्य अघि बढाइने बताए । उनले रङ्गशालाको स्थान टुङ्गोमा पुर्‍याइ निर्माण प्रक्रिया तत्काल शुरु गर्नुपर्नेमा जोड दिए ।

सांसद बस्नेतले नेमकिपाले भकारीमूलका जनताको मात्र नभई भक्तपुरका आम जनताको विकासप्रतिको भाग्य र भविष्यमाथि खेलवाड गरिरहेको दाबी गरे । उनले अन्तर्राष्ट्रिय रङ्गशाला, कबर्डहल, सभागृह, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी, वीर अस्पतालजस्ता राष्ट्रिय गौरवका आयोजना भक्तपुरमै बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

नेमकिपाका सांसद प्रेम सुवालले खेतीयोग्य जमीन तथा बस्ती उठ्ने गरी निर्माण गर्न लागिएको रङ्गशाला निर्माण हुन नहुने बताए । रासस

प्रतिक्रिया दिनुहोस