२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा मरे सात गैँडा

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उनका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो ।

चोरी शिकारीबाट गैँडा मर्न पाएका छैनन् । ढकालका अनुसार गत वर्षको यही समयमा १२ गैँडा कालगतिले मरेका थिए । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत वर्ष यो समयमा बाढीले चार गैँडा मरेका थिए । बाढीले बगाएर भारत पुर्‍याएका नौ गैँडा उद्धार गरी ल्याइएको थियो । नेपालकै सीमा क्षेत्रबाट बाढीले बगाएको एउटा गैँडा उद्धार गरिएको थियो ।

गैँडाको सङ्ख्या बढ्दै गएपछि कालगतिका कारण मर्ने सङ्ख्या पनि बढ्दै गएको अर्यालले बताए । गत आर्थिक वर्षमा कालगतिले २६ गैँडा मरेका थिए । यो सङ्ख्या हालसम्मकै उच्च हो । कालगतिका कारण मर्ने सङ्ख्या बढ्दै गएपछि निकुञ्ज विभागले अध्ययनसमेत थालेको छ । सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस