कञ्चनपुर । मोटरसाइकल चोरी गरेको आरोपमा कञ्चनपुरका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लाफाटा ८ का १९ वर्षीय जीवन धानुक र २१ वर्षीय दिप्पु भनिने दिपेश बोहरा रहेका छन् ।
स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा दुवै जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखिएको छ ।