विद्युत् चुहावट हुँदा गाडीमा आगलागी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्युत् चुहावट हुँदा गाडीमा आगलागी


६ कार्तिक २०७५, मंगलबार


भद्रपुर । विद्युत चुहावट हुँदा गाडीमा आगलागि भएको छ । ग्यारेजमा राखिएको मकालु यातायातको गाडीमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा गाडीकै विद्युत् चुहावट भई आगलागी भएको हो ।

स्थानीयले बिहान साढे दश बजे एक्कासी गाडीमा आगो बलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मेचीनगर नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट गाडी पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस