२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएकाको गुनासो : अवसर दिनुपर्दा क्षमता हेरिएन

अ+ अ-

घोराही । गत वर्ष जिल्लामा नाम चलेको एउटा संस्थामा आवेदन खुला गरियो । घोराही भरतपुर निवासी विवेक खड्काले आफ्नो अनुभवसँग मिल्दोजुल्दो भएको हुँदा आवेदन दिए । पहिलो चरणमा नाम निस्कियो । लिखितमा उत्तीर्ण पनि भए तर मौखिकमा प्रश्नकर्ताले उनलाई “फिल्ड जानुपर्छ तपाईँ सक्नुहुन्न होला” भनेर उनलाई अनुत्तीर्ण पनि गराइदिए । उनले अर्का ठाउँमा पनि प्रयास गरे तर नमीठो भोगाइ पाए ।

नेपाली साहित्यमा स्नातकोत्तर विवेक खड्का लामो समय पत्रकारिता गरेका जुझारु र क्षमतावान् छन् । ‘रेडियो स्वर्गद्वारी’मा कार्यक्रम सञ्चालक र समाचार वाचकका रुपमा उनले १२ वर्ष बिताए। विभिन्न औपचारिक कार्यक्रममा उनी सधैँ एउटा प्रष्ट र धारावाहिक वक्ताका रुपमा प्रस्तुत छन्। जुनसुकै क्षेत्रमा पनि आफूलाई खरो रुपमा उतार्न सक्ने उनको क्षमता छ । सरकारी निकायसँग समन्वय गरेर काम गर्ने विभिन्न सङ्घसंस्थामा पनि उनले कामको लामो अनुभव संँगालिसेका छन् ।

आफ्नो एउटा खुट्टामा सामान्य कमजोरी हुँदा उनी लौराको सहायताले हिँड्छन्। समाजमा आफ्नो राम्रो प्रस्तुति देखाइसकेका खड्कालाई जागीरका लागि धाउँदा क्षमताले होइन शरीरले धोका दिने गरेको छ । पटक पटक अपाङ्गताको कारण देखाउँदै जिम्मेवार व्यक्तिले नै आफ्नो क्षमतालाई ओझेलमा पारेको देख्दा उनलाई दिक्क लागेर आउछ । ‘अपाङ्गता भए पनि भनसुन गरे जागीर पाइन्छ तर क्षमताकै आधारमा पाउन गाह्रो छ”, उनले भने, “क्षमता र अनुभवको आधारमा पटक पटक जागिर खान खोजेँ तर असफल भएँ ।”

जागीरमा क्षमताभन्दा शरीरलाई प्राथमिकता दिँदा उनीजस्ता क्षमतावान् व्यक्ति अवसरबाट वञ्चित हुनुपरेको छ । उनी मात्र होइन शारीरिक रुपमा अपाङ्गता भएका गाउँपालिका ३ भैसहवाका रामशङ्खर यादवसँग पनि खड्काकै जस्तो अनुभव छ । प्रतिस्पर्धाबाट अन्तिम दुई जनामा परेका यादवलाई पनि अन्तर्वार्ताका क्रममा उस्तै प्रश्न दोहोरियो “फिल्ड हिँड्नुपर्छ, तपाईँ सक्नुहुन्छ होला र ?” भन्ने । अन्त्यमा अवसरबाट वञ्चित गराइयो । अहिले उनी अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्चमा काम गर्छन्। अन्य स्थानमा कुनै पनि निकायमा कर्मचारी आवश्यकताको विज्ञापन आयो भने उनलाई सितिमिती दरखास्त दिन गाह्रो लाग्छ । शारीरिक अवस्था हेरेर इन्कार गरेको देख्दा मनै भाँचिएर आउने गरेको उनले सुनाए ।

जति नै पढेलेखेका वा बुझेका भनिएका व्यक्तिले पनि अवसर दिने विषयमा विभेदको दृष्टि राख्ने गरेको अपाङ्गताका क्षेत्रमा काम गरिरहेका पत्रकार शिव घर्ती बताउँछन् । “जति नै क्षमता भए पनि अरुले जति गर्न सक्दैनन कि भन्ने सोच अधिकासं व्यक्तिहरुमा आउँछ ।” उनले भने, “पछिल्लो समय अपाङ्गता भएकालाई सम्मानित व्यवहार गरे पनि अवसर दिने सवालमा हच्किन्छन् ।”

अपाङ्ग मानवअधिकार एवम सरोकार मञ्चका कार्यक्रम संयोजक चिन्तामणि पौडेल पनि अवसर दिने समयमा अपाङ्गता भएकाहरुलाई विभेद गरिने गरेको बताउँछन् । अपाङ्गता भएकाहरुसँग पनि क्षमता हुन्छ र उनीहरुले पनि अरुले बराबर काम गर्न सक्छन् भन्ने सोच सबैमा आउन नसकेको उनले सुनाए । सरकारी एवं अर्धसरकारी क्षेत्रमा पनि अपाङ्गताको भागमा अरु नै जाने गरेको उनको गुनासो छ ।

“अपांगता भएकाहरुको लागि भनिएको हुन्छ तर साँच्चिकै अपाङ्गता भएकाहरुले अवसर पाउँदैनन्, अपाङ्गता भएकाको नाममा अरु नै पुगिरहेका हुन्छन्”, उनले भने, “अपाङ्गता भन्छन् तर सामान्य हातको, खुट्टाको एउटा औँला नभएकाले अवसर पाउँछन् जबकि उनीहरु सबलाङ्ग सरह हुन्छन् ।” उसो त अपाङ्गता भएकाहरुलाई सितिमिती काम र नेतृत्वमा अवसर पाउन मुश्किल छ, त्यसमा पनि सरकारी क्षेत्रबाट हुने विभेदबाट तिनले झन् पीडा महसुस गरिरहेका छन् ।

वि.सं. २०६८ को राष्ट्रिय जनगणनालाई आधार मान्दा दाङमा १२ हजार ८८१ अपाङ्गता भएका व्यक्ति छन् जसमा ६ हजार ८६० पुरुष र ६ हजार २१ महिला छन् । शारीरिक अपाङ्गता भएकाहरु मात्रै चार हजार २२९ जना छन् ।

प्रतिक्रिया दिनुहोस