ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु


५ कार्तिक २०७५, सोमबार


जनकपुरधाम । आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा जनकपुरधाम उपहानगरपालिका– १० देवी चोककका ३० वर्षीय सन्दीप नायकको घटनास्थलमै मृत्यु भएको हो ।

मुजेलिया इलाका प्रहरी कार्यालयका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त ११३ नंको ट्र्याक्टरले हिरो होन्डा शोरुम अगाडिबाट मुजेलियातर्फ जाँदै गरेको ज९प ६१३३ नंको स्कुटर लाई ठक्कर दिएको थियो ।

स्कुटरको पछाडि बसेका राकेश भने गम्भीर घाइते भएका र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस