१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वातावरणमैत्री हुँदै नेपालगञ्ज उपमहानगरपालिका

अ+ अ-

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहर नेपालगञ्जमा बिरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरु गरिएको छ ।

भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गर्न वृक्षरोपणलगायत कार्यक्रम र अभियान शुरु गरिएका हुन् ।

बढ्दो शहरीकरण, जनसङ्ख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत अनेक समस्या सिर्जना हुने स्थिति आउने सम्भावनालाई दृष्टिगत गरी सरोकार पक्ष सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा बिरुवा रोप्ने, त्यसको संरक्षण तथा सम्वर्द्धन गर्ने र सरसफाइलगायत चेतनामूलक कार्यक्रम भइरहेका छन् ।

प्रथम नगरसभाले नेपालगञ्जलाई वातावरणमैत्री नगर बनाउन एक घर एक चर्पी, एक व्यक्ति एक बिरुवा र एक वडा एक बाल उद्यान बनाउने योजना पारित गरेको थियो । सोही योजनाअन्तर्गत प्रथम चरणमा नेपालगञ्जको राँझादेखि सीमा क्षेत्रसम्म वृक्षरोपण भइरहेको छ ।

यसैगरी नगरको सुर्खेत सडकखण्डका अधिकांश स्थानमा सामाजिक सङ्घसंस्थाको सहयोग र सहकार्यमा उपमहानगरपालिकाबाट वृक्षरोपणको काम सम्पन्न भइसकेका छन् । अभियानलाई यहाँको क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ, बी–ग्रुपलगायत दर्जनौँ संस्थाले सघाउँदै आएका छन् ।

जिल्ला वन कार्यालय र उपमहानगरपालिकाको साझेदारीमा सुर्खेत मार्गमा २१ लाख बराबरको ट्रि–गार्डसहितको बिरुवा रोप्ने तयारी भइरहेको छ । सडकबीचको हरियाली क्षेत्रमा विभिन्न जातका ३५० बिरुवा रोपिने वन कार्यालयका निमित्त प्रमुख गणेश खड्काले जानकारी दिए । वृक्षरोपण अभियानमा कालिका कन्स्ट्रक्सनसँगको साझेदारीमा क्षेत्रीय शहरी विकास आयोजनाले पनि दुई हजार ट्रि–गार्ड सहयोग गरेको छ । अभियानअन्तर्गत नगरका टोलटोलका सडक किनारमा छिट्टै्र बिरुवा रोप्न शुरु गरिने बताउँदै नगर प्रमुख डा धवलशम्शेर राणाले चार वर्षभित्र नगरलाई हरियाली शहर बनाइने जिकिर गरे ।

हरियाली अभियानअन्तर्गतकोे एक घर, एक बिरुवा रोप्नैपर्ने अनिवार्य व्यवस्थालाई भने अधिकांशले घर निर्माण गर्ने क्रममा पूर्णरुपमा अवलम्बन गरेको पाइएको छैन । यसको सूक्ष्म अध्ययन गरिने र नियम पालना नगरेको पाइए उपमहानगरपालिकाको सेवासुविधाबाट समेत वञ्चित गर्न सकिने नगर प्रमुख राणाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस