काठमाडौं । पाकिस्तानको लाहोरमा संचालन भएको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाको टोली कास्य पदक लिई फर्केको छ ।
असोज २२ गतेबाट २९ गतेसम्म संचालन भएको दोस्रो अन्तर्राष्ट्रिय फिजिकल एजिलेटि कम्ब्याट इफिसेन्सी सिस्टम (पीएसीईएस) प्रतियोगितामा नेपाली सेनाको तर्फबाट अधिकृतको कमाण्डमा गएको टोलीले तेस्रो स्थान जित्न सफल भई कास्य पदक हासिल गरि बुधबार स्वदेश फिर्ता भएको हो ।
उक्त प्रतियोगितामा भाग लिन नेपाली सेनाको १२ जनाको टोली असोज १८ गते मित्रराष्ट्र पाकिस्तानको लाहोर तर्फ प्रस्थान गरेको थियो । सो प्रतियोगीतामा विभिन्न १२ राष्ट्रहरुका ३३ सैनिक टोलीहरुको सहभागीता रहेको थियो ।
नेपाली सैनिक टोलीलाई आज (बुधबार) सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।