२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलमला मन्दिर धार्मिक पर्यटनको गन्तव्य बन्दै

अ+ अ-

बुटवल । रुपन्देही सैनामैना नगरपालिका–६ स्थित मलमला देवी मन्दिर धार्मिक पर्यटनका लागि प्रमुख आर्कषक गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

मन्दिरमा पूजाअर्चना गर्न दिनप्रतिदिन भक्तजनको भीड बढ्दै गएपछि यसको व्यवस्थित विकास तथा विस्तारका लागि मलमला एकिकृत विकास कार्यक्रम तर्जुमा गरिएको अध्यक्ष गुणाखर भट्टराइले जानकारी दिए। ऐतिहासिक तथा पुरातात्विक सो मन्दिरका लागि १० वर्षे कार्ययोजना निर्माण गरिएको र त्यसका लागि रु. तीन करोड ५० लाख बरावरको लागत अनुमान गरिएको छ ।

हामी मन्दिरलाई आर्कषक धार्मिक पर्यटनको रुपमा विकास गर्न चाहन्छौँ’ अध्यक्ष भट्टराइले भने । कार्ययोजनाअनुसार मन्दिर जानका लागि कालोपत्रे गरेको सडक, धर्मशाला, गणेश मन्दिर, चुरे पार्क, भ्यू टावर निर्माण, आदीवासी संग्रहालय निर्माणलगायतका काम सम्पन्न हुन लागेको पनि उनले जानकारी दिए ।

अध्यक्ष भट्टराइले मन्दिरलाई कपिलवस्तुको तिलौराकोट र लुम्विनीसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य भएको उल्लेख गर्दै रुपन्देहीका अन्य विभिन्न मन्दिरलाई पनि धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने बताए ।

कार्ययोजनामा खानेपानी, शौचालय र फोहर व्यवस्थापनलाई पनि जोड दिइएको छ । करिव २०० वर्षअघि सो क्षेत्रमा जनावरले स्थानीयलाई धेरै सताएको र त्यसबाट बच्नका लागि तत्कालिन आदिवासी थारु समुदायले मलमलको (न्यानो) कपडामा चामल बाधेर त्यस ठाँउमा चढाउने गरेको र त्यसपछि ती जंगली जनावरको आक्रमण अन्त्य भएको र मलमलको नाम अप्रभंस भइ मलमलाको मन्दिरको रुपमा स्थापित भएको बताइएको छ ।

दुर्गा मन्दिरको रुपमा स्थापित भएको मलमला मन्दिरमा खास गरी दशैंमा भक्तजनको घुइँचो लाग्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस