आँधीले पुर्‍याएको क्षतिबाट महासचिव गुटरेस दुःखी « प्रशासन
prasaLogo
३० आश्विन २०७५, मंगलवार

आँधीले पुर्‍याएको क्षतिबाट महासचिव गुटरेस दुःखी


प्रकाशित मिति : 16 October, 2018 5:02 pm

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गरेका छन् ।

भारतको राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा बिहीबार आएको आँधीबाट कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । टिट्ली नामको सो आँधीका कारण भएका मानवीय तथा भौतिक सम्पत्तिको क्षतिप्रति उनले मङ्गलबार एक विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन् ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा सो आँधीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसबाट पर्न गएको पीडाप्रति भारतीय सरकारमार्फत भारतीय नागरिकप्रति समवेदना पनि प्रकट  गरेको बताइएको छ ।

उक्त आँधीका कारण भारतमा ठूलो भौतिक क्षति पनि पुगेको छ । साथै यसबाट दशौँलाख नागरिक पनि प्रभावित भएका छन् ।  सो आँधीबाट उडिसाका विशेषगरी गन्जाम, गजापति र रायगडा जिल्लामा ठूलो असर परेको छ । त्यहाँका दशौँलाख नागरिक प्रभावित भएका र कतिपय विस्थापित पनि हुन पुगेका छन् ।

आँधीका कारण बाटोघाटो र पूर्वाधारहरु भत्किएका छन् । बिजुली र टेलिफोनजस्ता सुविधाबाट नागरिक वञ्चित हुन पुगेका उडिसाका सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस