१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमाध्यम विरोधी डिजिटल कानूनको बङ्गलादेशका सम्पादकद्वारा विरोध

अ+ अ-

ढाका । अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने गरी संशोधित डिजिटल कानूनको विरोधमा बङ्गलादेशका सम्पादकहरूले सोमबार प्रदर्शन गरेका छन् ।

आलोचकहरूले भनेका छन् सरकारले नकारात्मक प्रचार गर्नेलाई जेल सजाय हुनसक्ने गरी गरेको कानूनको पछिल्लो संशोधनले प्रधानमन्त्री शेख हसिनालाई विवादमा तानेको हो ।

बङ्गलादेशको सम्पादकहरूको माथिल्लो निकाय सम्पादक परिषदका १६ सदस्यहरूले राजधानी ढाकास्थित नेशनल क्लब अगाडी उत्रेर सरकारको उक्त कदमप्रति विरोध जनाएका हुन् । बङ्गलादेशमा मानव साङ्लो बनाएर गरिने प्रदर्शनलाई विरोधको प्रसिद्ध तथा सशक्त उपायका रूपमा लिने गरिन्छ ।

सम्पादकहरूको विरोध कार्यक्रममा सहभागीले ‘डिजिटल सेकुरिटी एक्ट–२०१८’ लाई सञ्चारमाध्यम विरोधी कानूनका रूपमा ल्याइएको ऐन भन्दै यसले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको बताएका थिए ।

प्रदर्शनकारीले डिजिटल सेकुरिटी एक्ट अन्तर्गतको अभिव्यक्ति स्वतन्त्रता विरोधी धारालाई निलम्बन गर्न मागसहितको व्यानर बोकेर विरोधमा उत्रेका थिए ।

उक्त धाराले कुनै विद्युतीय साधनको गोप्य प्रयोग गरी सरकारी कार्यालयभित्रको सूचना सङ्कलन गर्नुलाई जासुसी कार्य मान्दै यस्ता गतिविधि गरे वापत पत्रकारलाई चौध बर्षसम्मको जेल सजायँ गर्न सकिने बताएको छ ।

रेडियो तथा इन्टरनेटजस्ता डिजिटल साधनमार्फत स्वतन्त्रता सङ्ग्राम वा बङ्गलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानलाई बदनाम गर्ने वा अन्य सरकार विरोधी ‘नकारात्मक प्रचार’ गर्ने व्यक्तिलाई जेल सजायँ हुने व्यवस्था गर्नेलाई पनि यस्तै सजाँय हुने व्यवस्था गरेको छ ।

आन्दोलनमा आएका सम्पादकहरू सैद्धान्तिक रूपमा ‘डिजिटल सेकुरिटी ल’को विरुद्धमा नभएको तर वर्तमान अवस्थामा यसलाई टेकेर स्वतन्त्र पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कटमा पार्ने देखिएपछि यसको विरोध गर्नु परेको डेली स्टार पत्रिकाका सम्पादक महफुज अनामले बताए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस