श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला


२९ आश्विन २०७५, सोमबार


काठमाडौं । राजाहरुले लगाउने श्रीपेच सोमबार सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । आज नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । राजाहरुले राष्ट्रियता र नेपाल एकीकरणमा खेलेको भूमिका सकारात्मक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध रुपमा शासन गर्न पाउनुपर्ने व्यवस्था भने तर्कसङ्गत नभएको बताएका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीले वि.सं. २०६२६३ को राजनीतिक परिवर्तनपछि सङ्ग्रहालयमा परिणत भएको नारायणहिटीमा श्रीपेच सुरक्षित राखिएको र हाल प्रदर्शनमा ल्याई श्रीपेचै छैन कि भन्ने भ्रम हटाइएको बताएका छन् । त्यस्तै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०६५ फागुन १५ गते दरबारलाई सङ्ग्रहालय बनाइएको र हाल श्रीपेच, राजदण्ड, टायरा आदि १२ सामानको प्रदर्शनी खुला गरिएको जनाए ।

कार्यक्रममा सङ्ग्रहालय स्थापनामा सहयोग पुर्‍याउने संस्कृतिविद् डा. जगमान गुरुङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. मदन रिमाल, विभागका उपसचिव दामोदर गौतम, उपसचिव रामबहादुर कुँवर, विभागका पूर्वप्रमुख रोहितकुमार ढुङ्गानालगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमपछि अनौपचारिक रुपमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले श्रीपेचमा अष्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइज (हँमायु) को बहुमूल्य प्वाँख जडित हुने जानकारी दिए । यसमा ७३० हीरा र दुई हजार ३७२ मोतीजडित रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस