२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता बाँस्तोलाको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न बसेको बैठकले उहाँको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । नेता बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यही असोज २९ गते केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय बन्द गर्ने कांग्रेसले जनाएको छ । स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा श्रद्धाञ्जलि पुस्तिका राख्ने र १३ औँ दिन शोकसभा गर्ने निर्णय काङ्ग्रेसले गरेको छ ।

नेता बाँस्तोलाको आइतबार राति ललितपुर खुमलटारस्थित आफ्नै निवासमा उपचारका क्रममा निधन भएको थियो । वि.सं. २०६९ पुस १४ गते मोरङको एक सार्वजनिक कार्यक्रममा सहभागी भएका बेला मस्तिष्काघात भई उनी अचेत भएका थिए । त्यसैबेलादेखि नेता बास्तोलाको उपचार भइरहेको थियो ।
बनारस हिन्दू विश्वविद्यालयमा पढ्दैदेखि राजनीति शुरु गर्नुभएका बाँस्तोला प्रजातान्त्रिक समाजवादी युवा लिगको स्थापनादेखि कांग्रेस राजनीतिमा सक्रिय भएका थिए । कांग्रेसको नेतृत्वमा भएका हरेक आन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गरे ।

वि.सं. २०२५ मा बिपी कोइराला निर्वासित भई भारत जानुभएपछि बाँस्तोलाले सशस्त्र सङ्घर्षको तयारी गरेका थिए । वि.सं. २०६२ मा सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारीको पृष्ठभूमि तयार गर्नमा समेत उनको महत्वपूर्ण भूमिका थियो ।

बाँस्तोलाले पर्यटन तथा नागरिक उड्डयन, गृह, परराष्ट्र, कृषि मन्त्रालयको कार्यभार सम्हालेका थिए । उनले भारतका लागि नेपालको राजदूत रहेर समेत काम गरे । उनको जन्म वि.सं. २००३ मंसिर ११ गते भएको थियो । बाँस्तोलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस