रोग भगाउने पञ्चबली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रोग भगाउने पञ्चबली


प्रशासन विशेष ब्युरो

२६ आश्विन २०७५, शुक्रबार


पञ्चबली

पञ्चबलीको कुसंस्कार
दसैँ तिहारका आफ्नै आध्यात्मिक महत्त्वहरू भए पनि हामीहरूले यिनमा आजभोलि पण्डीत्याई, आडम्बर, पाखण्ड र कुसंस्कार मिसाएर आज यिनको शुद्ध मर्म बिर्सेर अन्धपरम्परामा मात्र सीमित राखेका छौँ । हामीले आजभोलि गर्ने धर्म कर्म पनि यस्तै छन् । हाम्रो उपवास पनि यस्तै छ, पानी खान नमिल्ने रे तर चिनी जुन शाकाहारी नै होइन त्यसले बनेका मिठाई भने खान मिल्ने रे ! घोर कलियुग आयो भन्थे यो पनि त्यसैले निम्ताएको बुद्धि भ्रष्ट हुनुपर्छ । आज यस्तै स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने केही अन्धपरम्पराका बारेमा केही कुरा गरौँ ।

पञ्चबली: वास्तवमा पञ्चबलीमा राँगो, बोको, कुखुरा, हाँस, परेवा लगायत पशुहरू काट्ने होइन । पञ्चबलीको साँचो अर्थ हो हामी भित्र भएका पाँच अहङ्कार वा मनोवृत्तिको बलि दिने । यी अहङ्कार वा मनोवृत्तिहरू हुन:
– काम
– क्रोध
– लोभ
– मोह
– इश्र्या/द्वैष
तर हामी आफ्ना मनोवृत्तिको साटो बिचरा निर्दोष प्राणीहरूलाई नै मार्न तम्सन्छौं त्यो पनि आफ्नो जिब्रोको निम्ति । विडम्बना । यो एक प्रकारको पागलपन नै हो । पाखण्ड तथा आडम्बरको एक उदाहरण ।

यस्तै अब रोग भगाउन दिनुपर्ने पञ्चबलीको कुरा गरौँ । स्वस्थकर रहन हामीले दिनुपर्ने पञ्चबलीहरू हुन्:

  • मद्यपान, धूम्रपान तथा कुलत
  • चिल्लो विकृत खाना, जंकफूड
  • अत्यधिक तनाव
  • रातो मासु, विकृत पकाइएका मासु
  • अल्छीपन र लापरबाही

यस्तै टिका लगाउनुको पनि आफ्नै आध्यात्मिक अर्थ छ र जमरा दिनुको पनि । जमरा टाउकोमा लाउने होइन, यो त खाने हो । राम्ररी तयार गरिएको गहूँ, जौ आदिका जमरालाई ‘पृथ्वीको अमृत’ नामले चिनिन्छ । जमरामा शरीर निर्विषिकरण वा डिटक्स गर्ने, पोषक तत्त्व प्रदान गर्ने, असाध्यै मानिएका रोगहरू समेत ठिक गर्ने शक्ति भएको अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् । त्यसैले जमरालाई खाने गर्नाले थुप्रै स्वास्थ्य लाभ हुन्छ ।

यहाँको दसैँ तिहार पनि स्वस्थमय, आनन्दमय र समृद्धिमय बितोस् । यी पर्वमा सबैको उन्नति, सुस्वास्थ्य र प्रगतिको कामना गरौँ र कामनाले मात्र पुग्दैन । स्वस्थ खाना खाऔँ र खुवाऔँ अनि सुरक्षित रहौँ ।

डा. पौडेल अर्थोन्युरो हेल्थकेयरका संस्थापक निर्देशक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस