२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाभित्र संक्रामक रोग भित्रिन नदिन सजकता

अ+ अ-

काठमाडौं । पशु तथा पशुजन्य पदार्थबाट उपत्यकाभित्र संक्रामक रोग भित्रिन नदिन सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको छ ।

पशु क्वारेन्टाईन कार्यालय काठमाडौंले शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा सरोकारवालाहरुसँग जनचेतना अभिवृद्धिका लागि समन्वय अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै सबै सरोकारवालासँग समन्वयात्मक अन्तरक्रियाको आयोजना गरेको हो ।

आन्तरिक ओसार पसार हुने पशु, पशुजन्य पदार्थबाट उपत्यकाबासि, पशुपन्छी र वातावरणमा कुनै संक्रामक रोग भित्रिन नदिनका लागि पशु चौपाया वा पशुजन्य पदार्थ भित्रिने नाकामा आवश्यक चेकजाँच कार्यमा सरोकारवालाहरुको सहयोग अपरिहार्य भएकाले जनचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख डा. श्रीराम अधिकारीले बताए ।

यसका लागि सुरक्षाकर्मीहरु, उपभोक्ताबादीहरु, पशु, पशुजन्य पदार्थहरुको विक्रि वितरण गर्ने व्यवसायीहरु, पशुपन्छी दुवानी कार्यमा संलग्न व्यवसायीहरु, पशु कल्याण कार्यमा संलग्न संघसंस्थाहरु, एकै प्रकृतिका सरकारी वा गैरसरकारी संघसंस्थाहरु, आम उपभोक्ताहरु, पशु विज्ञ÷वैज्ञानिकहरु, स्थानीय तह र यातायात व्यवसायीहरु मुख्य सरोकार राख्ने निकायहरुसँग अन्तरक्रिया गरेको डा. अधिकारीले बताए ।

साथै पशुपन्छीहरुलाई यात्रुवाहक सार्वजनिक सवारीका साधनहरुको छत र डिक्किमा राखी वा यात्रुसँगै राखि निर्दयीतापूर्वक ढुवानी गर्ने कार्यलाई नियन्त्रण गरी पशु ढुवानी मापदण्ड २०६४ को कार्यन्वयन गराउन जनचेतना अभिवृद्धि गराउनु नै उक्त कार्यक्रमको मुख्य उद्येश्य रहेको पशु क्वारेन्टाईन कार्यालय, काठमाडौंले जनाएको छ ।

कार्यक्रम पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलको प्रमुख आथित्यमा संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस