हवाई टिकट पाउन सजिलो छैन : नेपाल एयरलाइन्स « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हवाई टिकट पाउन सजिलो छैन : नेपाल एयरलाइन्स


२६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । दशैंका लागि हवाई टिकट सकिएकाले टिकट पाउन सजिलो नभएको नेपाल एयरलाइन्स कम्पनीले जनाएको छ ।

लामो समयपछि दशैँका लागि ५ वटा जहाजद्वारा आन्तरिक सेवा प्रदान गर्दैै आइरहेको नेपाल एयरलायन्सले दसैंकालागि सबै उडानको टिकट सकिएको जनाएको छ ।

यस्तै ११ वटा जहाजमार्फत सेवा दिँदै आएको बुद्ध एयरलाइन्सले पनि सेड्युल उडानका सबै टिकट सकिएको जनाएको छ ।

पोखरा, चितवन र तुम्लिङटारमा उडान गर्दै आएको सिम्रिक एयरलाइन्सले पनि टिकट सकिएको जानकारी दिएको छ ।

श्री र सौर्य एयरले पनि दसैंका बेलाको सबै टिकट बिक्रि भइसेको जनाएको छ भने यती, तारा, गोमाले पनि दसैंको सबै टिकट बिक्री भइसकेको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस