नागरिक लगानी कोषका अध्यक्ष भट्टराईद्वारा पदबहाली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नागरिक लगानी कोषका अध्यक्ष भट्टराईद्वारा पदबहाली


प्रशासन विशेष ब्युरो

२६ आश्विन २०७५, शुक्रबार


नागरिक लगानी कोष

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराईले पदबहाली गरेका छन् ।

कोष सञ्चालक डा. रामशरण खरेलले डा. भट्टराईलाई शुक्रबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

२१ असोजको मन्त्रिपरिषद बैठकले अध्यक्षमा नियुक्त गरेका भट्टराई त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन् ।

‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्यावारिधि गरेका भट्टराई राष्ट्रिय वाणिज्य ब्यांकको सञ्चालक, राष्ट्रिय योजना आयोगको सल्लाहकार, अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारसमेत रही सकेका छन् ।

प्रतिक्रिया दिनुहोस