२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले थाले युवा स्वरोजगार कार्यक्रम

अ+ अ-

रोल्पा । युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् ।

गाउँ युवाबिहीन हुँदा विकास गतिविधिमा असर देखिन थालेपछि स्थानीयस्तरमै यस्तो कार्यक्रमको थालनी गरेको स्थानीय सरकारहरुले जनाएका छन् । व्यावसायिक कृषि तथा पशुपालनमार्फत गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्नका लागि परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन गरेको बताएको छ ।

विनियोजित बजेटबाट बेरोजगार युवाहरुलाई व्यावसायिक कृषि तथा पशुपालनका लागि सहयोग गरिने गाउँपालिका अध्यक्ष नीमकान्त डाँगीले जानकारी दिए । ‘‘विदेश जाने मात्रा बढ्दै जाँदा दक्ष जनशक्ति अभाव देखिएकाले उनीहरुलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याएका हौँ’’ अध्यक्ष डाँगीले भने ।

रोल्पा नगरपालिकाले समेत नगरपालिका युवा स्वरोजगार कोष स्थापना गरेको छ । कोषमा चालु आर्थिक वर्ष रु ३० लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुनले जानकारी दिए । कोषमा हरेक वर्ष बजेट थप्दै जाने बताइएको छ ।

कोषको रकमबाट नगरपालिकाभित्रका बेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न तालीम तथा अन्य सहयोग गरिने बताइएको छ । कृषि तथा गैरकृषि क्षेत्रबाट युवालाई स्वरोजगार बनाउन कोष परिचालन गरिने बताइएको छ ।

एक घर एक रोजगारको अवधारणाअनुसार नगरपालिकाले प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्दै हरेक वर्ष नगर क्षेत्रका एक सय विद्यार्थीलाई छात्रवृत्तीसमेत वितरण गर्दै आएको छ ।

‘‘कृषि, भेटनरी, स्वास्थ्य तथा इञ्जीनीयरिङ विषय अध्ययनका लागि छात्रवृत्ति वितरण गरेका छौँ’’ नगर प्रमुख पूर्ण केसीले भने ‘‘छात्रवृत्तिले हरेक घरमा कम्तीमा एक जनालाई रोजगार बनाउन सहयोग गर्ने अपेक्षा गरेका छौँ ।’’

देशभित्र रोजगारीको अवसर नभएको भन्दै रोल्पाबाट खाडीमूलुक जाने युवाको सङ्ख्या दिनानुदिन बढिरहेको बेला स्थानीय सरकारको यस्तो कदमले युवा जनशक्ति विदेश पलायनको समस्या कम हुने अपेक्षा गरिएको छ ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट सडक निर्माणका लागि आउने बजेट समेत स्काभेटर प्रयोगमा खर्च गर्ने भएकाले घरदैलोमा आएको रोजगारीको अवसरबाट वञ्चित हुँदै आएका युवा बाध्य भएर वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

भारतबाहेक खाडी मुलुकमा जाने रोल्पाली युवा युवतीको सङ्ख्या करीब ४५ हजार रहको बताइन्छ । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट साधारण र द्रुत सेवाबाट करीब ४९ हजारले राहदानी बनाएको तथ्याङ्क छ ।

अदक्ष कामदारको रुपमा विदेशिने उनीहरुको पारिश्रमिक समेत निकै कम हुने गरेको छ । जोखिमपूर्ण काम गर्न बाध्य रोल्पालीमध्ये हरेक वर्ष ठूलो सङ्ख्यामा लाश बनेर फर्कने गरेका छन् ।

विदेश जानेमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेको बताइन्छ । सबैभन्दा बढी उत्पादनशील जनशक्ति मानिने यो समूहका युवाको विदेश पलायनले जिल्लाका गाउँघर युवाबिहीन हुने मात्रै हैन खेतबारी बाँझिदा भविष्यमा विकराल अवस्था सिर्जना हुनसक्ने जिल्लावासीको चिन्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस