दशकपछि बझाङमा हवाइजहाज अवतरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दशकपछि बझाङमा हवाइजहाज अवतरण


२५ आश्विन २०७५, बिहिबार


काठमाडौं । बझाङ विमानस्थलमा करिब एक दशकपछि हवाईजहाज अवतरण भएको छ ।

२०६५ सालदेखि बन्द रहेको उक्त विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजको सफल अवतरण भएको हो । नेपालगन्जबाट दिउँसो १२ बजेर २४ मिनेटमा उडेको नाइन एन एकेयु कल साइनको उक्त जहाज ४५ मिनेटमा बझाङ पुगेको थियो ।

जहाजमा विमानस्थलको अवस्था बुझ्न प्राविधिक टोली आएको थियो । टोलीमा नेपाल नागरिक उड्ययन डिभिजन कार्यलयका वरिष्ठ अधिकृत भगवतीप्रसाद करुङ, नेपाल वायुसेवा निगमका रमेशकुमार पाण्डे, दिपेन्द्र सेन लगायतले थिए । उनीहरूले विमानस्थल र भौतिक संरचनाको निरीक्षण गरेका थिए ।

विमानस्थलको अवस्थाबारे साताभित्र प्रतिवेदन दिइने र त्यसपछि नियमित उडान सुरु हुने बताइएको छ ।

हवाइजहाजको सफल अवतरणपछि स्थानीयहरू खुसी भएका छन् । उनीहरूले सातामा कम्तीमा दुई उडान गर्न माग गरेका छन् ।

विमानस्थल २०३५ सालमा सुचारु भएको थियो । विमानस्थल अहिले स्थानीयको खेल मैदान र गौचरनमा परिणत भएको छ ।

विमानस्थल सुचार हुन नसक्दा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस