२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा राजा छनोट गर्न लिगलिगे दौड

अ+ अ-

गोरखा । गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ ।

लिगलिगकोट विकास अभियानले सदरमुकाममा आज पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५ को तयारी तीव्ररुपमा अघि बढेको जनाएको छ । वि.सं. १६०४ देखि शुरु भएको मानिने सोे दौड विगत नौ वर्षदेखि हुँदै आएको छ । अभियानका अध्यक्ष पूर्णबहादुर रानाले विगतका वर्षमा जस्तै गोरखाको लिगलिगकोटको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई चिनाउन प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

सो दौड चेपे र मस्र्याङ्दी नदीको दोभानबाट शुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर अन्त्य हुने छ । १३.८ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई नगद ६० हजार १०० को साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको ब्याच प्रदान गरिने रानाले जानकारी दिए ।

साथै प्रतियोगिताको उपाधि विजेतालाई एकरात लिगलिगमा राजाका रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गरिने उनले बताए । त्यस्तै दोस्रो हुनेलाई नगद ३५ हजार र तेस्रो हुनेलाई नगद २५ हजारको साथमा सम्मान गरिने छ । नवौँ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

स्वदेशी तथा विदेशी नागरिकले भाग लिन पाउने सो प्रतियोगितामा नेपालीलाई दर्ता शुल्क एक हजार र विदेशीलाई पाँच हजार लाग्ने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि कूल २८ लाख ५५ हजार लाग्ने अनुमान गरिएको छ । बडडाँडादेखि लिगलिगकोटसम्मको पाँच किलोमिटर दूरीको महिला खुला दौड प्रतियोगितासमेत हुनेछ । सो दौडमा पहिलोले २० हजार पाँच, दोस्रो हुनेले १२ हजार पाँच र तेस्रो हुनेले सात हजार ०५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । रासस