अब खाद्य पदार्थमा मिसावट गर्नेलाई जेल हालिने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अब खाद्य पदार्थमा मिसावट गर्नेलाई जेल हालिने


प्रशासन विशेष ब्युरो

२३ आश्विन २०७५, मंगलबार


पदार्थमा मिसावट गर्नेलाई जेल हाल्ने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले खाद्य पदार्थमा मिसावट गर्नेलाई जेल हाल्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक विचार गोष्ठिमा बोल्दै मन्त्री खनालले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताउँदै खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई जेल हाल्ने बताएका हुन् ।

झण्डै ५० लाख मान्छेको बसोवास भएको राजधानी काठमाडौंमै सबैभन्दा बढी अखाद्य बस्तुको मिसावट हुने गरेको उनको भनाई छ। खनालले तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताए।

पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा आफू नभएपनि केही समयपछि नै खान मिल्ने बनाइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस