टी-२० विश्वकप छनोट ‘बी’मा भुटानमाथि नेपालको जित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टी-२० विश्वकप छनोट ‘बी’मा भुटानमाथि नेपालको जित


२३ आश्विन २०७५, मंगलबार


काठमाडौं । टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि जित हात पारेको छ ।

नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर ३३ रन मात्र बनाउन सक्यो ।

यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस