३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला सीमाका कारण औलोको उच्च जोखिम

अ+ अ-

कञ्चनपुर । खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ ।

तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला परेका हुन् । औलोका बिरामी अधिकांश भारतमा काम गरेर फर्केका रहेका छन् । जसमा चार भारतीयसमेत रहेका छन् ।

आव २०७४/७५ मा औलोका १३५ बिरामी फेला परेका थिए । जसमध्ये तीन बिरामीमा प्लाज्मोडियम फल्सिफारमको संक्रमण भएको पाइएको थियो । गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरी औलोका रोगी खोजी गरिएपछि सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताए । भारतका गुजरात, चेन्नई, नयाँदिल्ली, बैंगलोर, हल्द्धानी, पञ्जाव, उत्तर प्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, उडिसालगायत क्षेत्रमा लामो समय बसेर फर्केकामा औलो बढी देखिएको अधिकृत जोशीले बताए । उनका अनुसार जनस्वास्थ्य कार्यालयले भारतबाट आउने बिरामीलाई आयातित र जिल्लामा बसोवास गर्ने बिरामीलाई स्थानीय भनेर छुट्याई उपचार गर्ने गरेको छ ।

सीमा नाका गडडचौकीमा सतर्कता

भारतको बरेलीमा फैलिएको औलोेको महामारी रोकथामका लागि पश्चिमी सीमा नाका गडड्चौकीमा सतर्कता अपनाइएको छ । मलेरियाका शंकास्पद रोगीमाथि निगरानी राख्न थालिएको छ । सीमा नाकामा हेल्थडेस्क स्थापना गरी स्वास्थ्यकर्मीको छ टोलीलाई खटाइ शंकास्पद ज्वरोका रोगीमाथि निगरानी राख्न थालिएको हो ।

किटको माध्यमले रोगीको रगत चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । मलेरियाका बिरामी फेला परे डेस्कबाटै रगत जाँचपश्चात औषधि उपलब्ध गराउने व्यवस्था गरिएको छ । नजिकिँदै गरेका चाडपर्वका लागि भारतबाट फर्कने यात्रुको चाप सीमा नाकामा अधिक रहेको छ । भारतको बरेलीमा प्लाज्मोडियम फाल्सिफाराम मलेरियाको संक्रमणमा परेका ५८ जना बढीको मृत्यु भइसकेको छ । भारतको बरेलीमा औलोको महामारी फैलिएपछि कञ्चनपुरसँगै कैलालीको त्रिनगर भन्सार नाका र खक्रौला नामा हेल्थडेस्क स्थापना गरी शंकास्पद बिरामीमाथि निगरानी राख्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस