आफ्नै शरीरमा आगो लागाइ आत्महत्या « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आफ्नै शरीरमा आगो लागाइ आत्महत्या


२२ आश्विन २०७५, सोमबार


राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छन् ।

स्थानीय २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ) मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतको बिहारराज्यको सुपौल माइती भएकी रोशनीको श्रीमान सुनिल राउत विराटनगर–जनकपुर चल्ने बसमा सहचालकको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

सुनिलसँग सामाजिक परम्पराअनुसार ६ महीना अघि रोशनीको विवाह भएको थियो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो आगलागीबाट करीब ७० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस